नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने
पाेखरा | माघ ९, २०८०
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ । महासंघको प्रथम अधिवेशन माघ २० गते पोखरामा हुन लागेको अध्यक्ष संजीवबहादुर कोइरालाले जानकारी दिए ।
उनका अनुसार अधिवेशनका उद्रघाटन नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम तय बताए । यस्तै अधिवेशनमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडासहितका नेताहरुको उपस्थिति रहने उनले बताए ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पुर्ण पालिकाबाट करिव चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

